नारायण भुसालको गजल:



बिग्रीए पछी मति दिमाग पुग्दैन।
हुने बेलामा खती दिमाग पुग्दैन।।

हो गल्ती गरेर पछुताउछन् यहाँ।
हुन्छ अनि दुर्गति दिमाग पुग्दैन।

लगाए पछि आफ्नै घरमा आगो।
अनित जल्छ सम्पति दिमाग पुग्दैन।।

झुक्याउन सक्छ त्यो सुन्दरताले पनि
पुतलीको दुश्मन बत्ती दिमाग पुग्दैन।।

भाग्यमै नभएको कुरा बल नगर्नुस ।।
मिल्दैन सोचेको जति दिमाग पुग्दैन ।।

प्रतिक्रिया