सिन्धुलीमा एकैदिन १३ जना संक्रमित थपिए



३० साउन, काठमाडौं । सिन्धुलीमा एकैदिन १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । समुदायमा कोरोना पुगेको आशंका गरि पठाईएका स्वावबाट रिपोर्ट आउँदा १३ जनामा संक्रमण पुष्टि भएको हो ।

जसमा एक जना सिन्धुली अस्पतालमा कार्यरत कार्यालय सहयोगी सहित अन्य १३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । ११ जना क्वारेन्टाईनमा रहेका व्यक्तिहरुमा पिसिआर पोजेटिभ देखिएको प्रारम्भिक सूचना आएको छ ।

संक्रमित हुनेको पुरा विवरण भने नआईसकेको स्वास्थ्य कार्यालय सिन्धुलीले जनाएको छ । पुरा विवरण आउन भने केहि समय लाग्ने स्वास्थ्य कार्यालय सिन्धुलीका प्रमुख जितेन्द्र कुमार शाहले बताउनुभयो ।

प्रतिक्रिया